फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि फेरि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।