अब १ र २ रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा



काठमाडौं - १ र २ रुपैयाका नयाँ सिक्कामा नयाँ नक्सा राखिने भएको छ । मंगलबार सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै १ र २ रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने बताएका हुन् ।
नयाँ सिक्का छाप्नका लागि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकलाई स्वीकृति दिएको ज्ञवालीले बताए ।
त्यस्तै मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी गराउदै ज्ञवालीले असोज १ गतेदेखी लामो दुरीका सवारी साधन र आन्तरिक उडान सञ्चालन हुने बताए ।