सिन्धुपाल्चोक केन्द्रविन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प



काठमाडौं ३१ भदौ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै गएको भूकम्पको धक्का २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन्।
बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए।
२०७२ साल वैशाख १२ गते गएको ७।८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्।
बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौँलगायत सिन्धुपाल्चोक र काभ्रेका स्थानीयहरुले सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका थिए।
सर्वसाधारणहरु भूकम्पको धक्कापछि आत्तिँदै घरबाहिर निस्केका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।