बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन



१४ कात्तिक, काठमाडौं । काठमाडौं माहनगरपालिको पुरतात्विक र एतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ ।
बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो ।
यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
तर, भित्री डिजाइनहरु भने आ-आफ्नै मौलिकता झल्कने प्रकारको हुने जानकारी दिइएको छ ।