लामो दुरीको सवारी साधनमा जोरबिजोर लागु नहुने


  • लामो दुरीको सवारी साधनमा जोरबिजोर लागु नहुने
  • काठमाडौँ– असोज १ गतेबाट सुचारु हुने लागेको लामो दुरीको सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने बताए। काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भइरहेका बेला लामो दूरीका सवारी साधनमा के हुन्छ भन्ने अन्योल थियो। गत साता काठमाडौं उपत्यकामा नि’षेधाज्ञा खुकुलो बनाइए पनि यातायात सञ्चालनमा जोर-बिजोर प्रणाली लागु गर्ने निर्णय भएको थियो।
    मन्त्रिपरिषद्को मंगलबारको बैठकले असोज १ गतेबाट लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालन खुला गर्ने निर्णय गरेको हो। गत चैत ११ गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन्। यसअघि भदौ १ गतेदेखि सुरु हुने भनिएपनि त्यसपछि भदौ १६ गतेका लागि सरेको थियो। त्यसपछि असोज १ गतेका लागि सरेको मिति फेरि असोज ५ गतेका लागि तय भएको थियो। सरकारले उक्त मिति सा’रेर फ‍ेरि असोज १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। विभागका महानिर्देशक हमालले पूर्ण नि’षेधाज्ञा रहेका जिल्लामा तत्काल लामो दुरीका सवारी साधन सञ्चालन नहुने बताए।
    गृह मन्त्रालयका अनुसार करिब दुई दर्जन जिल्लामा पूर्ण नि’षेधाज्ञा र १० वटा जिल्लामा आं’शिक नि’षेधाज्ञा छ। धनुषा, पर्सा, महोत्तरी, बारा, सिराहा, रौतहट, सिन्धुपाल्चोक, अर्घाखाँची, कन्चनपुर, संखुवासभा, रुपन्देही, चितवन, कपिलबस्तु, बझाङ, बाग्लुङ, गुल्मी, पाँचथर, तेह्रथुम, मकवानपुरलगायत जिल्लामा पूर्ण नि’षेधाज्ञा छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *