बिहीबार देशभरका सबै अदालत बिदा हुने



काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार देशभरका अदालत बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा दुख व्यक्त गर्दै बिहिबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । उनले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए।