देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा



काठमाडौं २ असोज ।
देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश नम्बर ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन्।