ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौं २ असोज ।
ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।
उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।