विमानस्थलबाटै डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा, शिक्षण अस्पतालमा जान दिइएन


  • विमानस्थलबाटै डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा, शिक्षण अस्पतालमा जान दिइएन
  • काठमाडौं ।  १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको छ । जुम्लामा ८ दिनसम्म अनशन बसेर काठमाडौँ आउन भन्दै उनी सोमबार नेपालगञ्ज आइपुगेका थिए ।
    नेपालगञ्जबाट मंगलबार दिउँसो काठमाडौं ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टर लगेको हो । १९औं सत्याग्रहको मंगलबार उनको अनशनको नवौँ दिन पुगेको छ । जुम्लामा अप्रिय घटना नहोस् भन्दै काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्ने तयारी डा. केसीको थियो । तर, केसीलाई विमानस्थलबाट ट्रमा सेन्टर लगिएको हो । अब उनले त्यहीँ अनशन जारी राख्ने भएका छन् । गत भदौ २९ गतेदेखि हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पार्नुपर्ने लगायतका माग राखेर केसीले अनशन सुरु गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *