एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो ।
सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।