ऐतिहासिक फिल्म निर्देशकको मृत्यु



दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो ।
पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ । यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् ।