रुसले २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाललाई दिने



काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण विश्वका धेरै मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् ।
यस्तो अवस्थामा रुसमा बनेको कोरोना खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै नेपालको लागी एक खुशीको खबर आएको छ । रुसले २ करोड ५० लाख कोरोना विरुद्धको खोप नेपाललाई दिने भएको छ ।
मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपाललाई भ्याक्सिन दिने व्यापारिक सम्झौता भएको हो ।
विश्वभर कोरोनाविरुद्धको खोप वितरण गर्ने जिम्मा पाएको रुसको प्रत्यक्ष लगानी कोषले नेपाल लगायत विभिन्न देशमा खोप वितरण गर्ने बताइएको छ ।
कोरोनाविरुद्धको स्पुत्निक भी नामका खोप गत ११ अगस्तमा दर्ता गरिएको थियो । उक्त खोप राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीमा परिक्षण गरेका थिए ।