असोज ११ गतेबाट तातोपानी नाका खुल्ने



काठमाडौं - सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ ।
मंगलबार नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले असोज १९ गतेदेखि नाका खुला गर्ने निर्णय गरेको हो । बैठकमा लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय भएको जनाइएको छ ।
उक्त बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारी सहभागी रहेका थिए ।