आइपिएलः राजस्थानमाथि कोलकाताको ३७ रनको जित



काठमाडौं १५, असोज ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ ।
कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो ।
उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। उसका लागि शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।