आजको मौसम : केही स्थानमा सामान्य बदली, कहीँ वर्षा



काठमाडौं १५, असोज ।
बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको छ।
माहाशाखाका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको हो। रातको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पछिल्लो केही दिनसम्म यस्तै अवस्था रहने माहाशाखाको अनुमान रहेको छ।