नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६० हजार नाघ्यो


  • नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६० हजार नाघ्यो
  • काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,७२२ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २,७२२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
    यसगरी, नेपालमा आजसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परिक्षण गरिएको र आज मात्र १४, ७३९ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यसैबीच, अहिले नेपालमा २१,२३४ जना सक्रिय सङ्क्रमित रहेका छन्,जसमध्ये ११,७६० घरमै छन् भने बाँकी ९,४७४ संस्थागत आइसोलेशनमा रहेका छन्। त्यसैगरी ४,८८५ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७३ दशमलव ६ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ३,३०७ जना निको भएसँगै निको हुनेको संख्या ६० हजार ६ सय ९६ रहेका छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *