पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाइदिएपछि टिकटक स्टारको मृत्यु


  • पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाइदिएपछि टिकटक स्टारको मृत्यु
  • एजेन्सी । चीनमा एक जना टिकटक स्टारको मृत्यु भएको छ । उनका पूर्वपतिले टिकटक लाइभमा नै पेट्रोल छर्किएर आगो लगाइदिएपछि ती स्टारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सञ्चारमाध्यहरूले उल्लेख गरे अनुसार लामूका पूर्वपतिले उनको हातमा धारिलो हतियारले प्रहार गरेका थिए । त्यो प्रहारबाट लामुको हात भाचिएपछि पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाएका थिए । मृतक लामूका परिवारकै अगाडी ती व्यक्तिले टिकटक स्टारमाथि त्यो हर्कत गरेको बताइएको छ । यो घटना सेप्टेम्बरको मध्यतीरको हो । आगो लागेर लामुको शरिरको लगभग ९० प्रतिशत भाग जलेको थियो । घाइते अवस्थामा रहेकी उनको अक्टोबरमा मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तकी लामुले टिकटकमा ठुलो लोकप्रियता कमाएकी थिइन् । उनको भिडियोमा मेकअप प्रयोग नगरिएको भन्दै उनको प्रशंसा हुने गर्दथ्यो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *