‘मुन्द्रेको कमेडी क्लब’ मा जोडिएपछि यसो भनिन् करिश्मा मानन्धरले



काठमाडौँ - नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउदैछ । कोरोनाभाइरसको संक्रमणका कारण स्थगित भएको 'मुन्द्रेको कमेडी क्लब' अब केहि फेरबदलका साथमा सुरु हुन लागेको हो ।
हाँस्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस शोमा यसअघि अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । अबको सिजनमा भने उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धरलाई ल्याइएको छ ।
अबको सिजनको पहिलो अतिथिको रुपमा रेखा थापा हुने बताइएको छ । यसैबीच ‘मुन्द्रेको कमेडी क्लब मा जोडिएकी करिश्माले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन् - जीवन विभिन्न भावनाले भरिएको छ , अनि
हाँसो सबैभन्दा उत्कृष्ट अभिव्यक्ति हो जस्ले एक अर्कोलाई सजिलै जोडिदिन्छ , मेरो र हामी सबैको प्रीय स्ट्यान्डअप कमेडीका प्रखर कलाकार जितु नेपालको ´ मुन्द्रे कमेडी क्लबको` यो दोस्रो सिजनमा परिवारको रूपमा जोडिएको छु ,आशा छ हजुरहरुले यो नयाँ कोसिस मनपराइदिनु हुनेछ ।
जुन सुमधुर सम्बन्ध जितु र मेरो परिवार बिच थियो, त्यो सम्बन्धलाई यो यात्राले अझै फराकिलो स्थान प्रदान गर्नेछ भन्ने लागेको छ र जुन सम्बन्ध मेरो दर्शकसंग चलचित्रको माध्यमले जोडिएको थियो, यो माध्यमबाट अझै प्रगाढ हुनेछ भन्ने बिश्वास लिएकोछु । अवश्य पनि पुरानो सिजनबाट केही प्रेरणा सापटी लिनेनै छु