कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु



विराटनगर - कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका एक पुरुष र एक महिला रहेका छन् । उनीहरु दुवैको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररको क्रममा मृत्यु भएको हो ।
सुनसरी हरिनगरा-४ का ७१ वर्षीय वृद्धको शनिवार राति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई फोक्सो सम्बन्धी समस्या पनि रहेको बताइएको छ । त्यस्तै शनिवार राति नै दुहवी-३ की ४० वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनमा पनि मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।