विराटनगरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



काठमाडौं - विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुष र सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्ध रहेका छन् । उनीहरु दुवैको कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका ५० वर्षीय पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेको थियो ।
त्यस्तै असोज २६ गते कोरोना संक्रमण देखिएका ६६ वर्षीय बृद्धको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या रहेको थियो ।