फिल्म ‘प्रसाद २’ मा दोहोरिने भए विपिन र नम्रता



काठमाडौं - २०७५ सालमा प्रदर्शनमा आएको फिल्म 'प्रसाद' दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । दिनेश राउत निर्देशित फिल्म 'प्रसाद' ले दर्शकको मन जित्न सफल भएको थियो ।
यस फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठको जोडीलाई धेरैले रुचाएका थिए । अब बन्ने फिल्म 'प्रसाद २' मा पनि नम्रता र विपिन दोहोरिने भएका छन् । फिल्मका लागि बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको बताइएको छ ।
फिल्म 'प्रसाद २' लाई सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् । चौधरीले यसअघि फिल्म 'लभ डायरिज' निर्देशन गरेका थिए । 'प्रसाद २' मा शुशील पौडेलको लेखन र सुवास थापाको निर्माण रहने बताइएको छ । फिल्मको छायाँकन तिहारपछि सुरु गरिने बताइएको छ ।