थपिए ३७३९ संक्रमित, ३५३४ जना डिस्चार्ज, १९ जनाको निधन



काठमाडौं २९, असोज ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ भने ४ हजार ८ सय २५ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।