बलिउडका लोकप्रिय गायक कुमार सानुलाई कोरोना संक्रमण



काठमाडौँ। सन् १९८०÷९० का दशकमा आफ्नो सुमधुर आवाजले मन्त्रमुग्ध बनाएका गायक हुन्, कुमार सानु । आफ्नो फरक आवाज र अन्दाजले एउटा पुस्तालाई रोमान्टिक गीतको स्वाद दिएका कुमार सानुलाई कोरोना संक्रमण भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा कुमार सानुका सहयोगीहरुले गायकलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। कुमार सानुलाई कोरोना संक्रमण भएपछि उनका सहयोगीहरुले गायकको स्वास्थ्यको कामाना गर्न सम्पूर्ण प्रशंसकहरुसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा सहयोगीले लेखे, ’ दुर्भाग्यवश सानु दालाई कोरोना संक्रमण भएको छ, कृपया उनको स्वास्थ्यलाभको कामाना सबैले गरिदिनु होला। ’
बम्बई टाइम्ससँगको हालसालै दिइएको अन्तर्वार्तामा सानुले आफ्नो जन्मदिन पत्नी सलोनी र आफ्ना छोरीहरु श्यानन र अन्नाबेलसँग अक्टोबर २० मा आफ्नो जन्मदिन मनाउन अमेरिका जाने कुरा बताएका थिए।