काठमाडांै । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अहिले पोखरामा छन् । उनी समता फाउन्डेशनको निर्माणमा चलिरहेको कार्यक्रम ‘जातको प्रश्न’ बाट चर्चामा आइरहेका छन् ।

यसै कार्यक्रममाथि केही समूहले विभिन्न प्रश्नहरु गरिरहेका छन् । तर कार्यक्रम माथि उठिरहेको प्रश्नहरुको बिषयमा भने उनी मौन छन् । कार्यक्रम जातको प्रश्नले उनलाई विवादमा ल्ष्याएको बेला हमाल अहिले श्रीमती मधु सहित पोखरा पुगेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घुमघामको तस्बिर शेयर गर्दै केही मानवताका कुरा, केही फिल्मका कुरा लेखेका छन् । उनले शेयर गरेको तस्बिरमा आफु र श्रीमती मधु पनि छन् । उनी अहिले श्रीमती मधु सहित टुरमा छन् ।