केएमसी हस्पिटलको तेस्रो तलाबाट हाम फालेका युवकको ज्यान गयो



काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का रहेका छन् ।
सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका ती युवकको उपचारको क्रममा मृत्यु भएको हो । हाम फाल्दा गम्भिर घाइते भएका युवकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
युवक मानसिक रोगी रहेको बताइएको छ । घरमा हात, खुट्टा पोलेपछि उनलाई अस्पतालमा ल्याएको थियो । सोमबार बिहान आमा औषधि लिन गएका बेला युवकले अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।