चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक



काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ । उनको १०१ वर्षीया आमा गंगादेवी पौड्यालको आइतबारराति ११ बजे निधन भएको हो ।
आमाको निधन भएको दुःखद समाचार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् ।
पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।