नदीमा मृत अवस्थामा फेला परे असईसँगै गस्ती गएका प्रहरी जवान



काठमाडौं । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवानको शव फेला परेको छ । कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका प्रहरी जवान रामबहादुर साउँद मृत अवस्थामा फेला परेका हुन् ।
शनिवार साझँ गस्तीमा गएका जुगेडाका इन्चार्ज (असई) गोविन्द विक आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । भने प्रहरी जवान साउँद बेपत्ता भएका थिए ।
प्रहरी जवान साउँदको शव पनि आज मोहना नदीमै फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दर्जन बढीलाई पक्राउ गरेको छ ।
विक र साउँदको ज्यान तस्करहरूले लिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । दुई प्रहरी चढेको बा.५८ प ५२८४ नम्बरको मोटरसाइकल भने शव भेटिएको स्थान भन्दा साढे २ किलोमिटर पश्चिमतर्फ फेला परेको थियो ।