दसैंमा ५ दिन बैंकका सबै शाखा बन्द रहने


  • दसैंमा ५ दिन बैंकका सबै शाखा बन्द रहने
  • काठमाडौँ - कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
    बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय सुनाउनुहुन्छ । ‘दशैंँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्छ’, उहाँले भन्नुभयो, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो । हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् । दशैका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमारमा ढकाल बताउनुहुन्छ । सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्य रुपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उहाँको जिकिर छ ।रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *