ममताको फेरि अर्को गीत ‘तल्ला गाउँले कान्छी मैया’ बजारमा (भिडियो)



काठमाडौं : पछिल्लो समयकी लोकप्रिय गायिका ममता गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ''तल्ला गाउँले कान्छी मैया" बोलको गीतमा ममताको मेलोडियस आवाज सुन्न सकिन्छ।
ममताका अलवा गीतमा नन्दु गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका हुन् । गीतका प्रत्येक शब्दहरु प्रेमिल छन् । चोखो मायाप्रेममा रहेको जोडीको कथालाई गीतमा उतारिएको छ। लोक प्याटर्नमा आधारित गीतको अडियो एकदम मेलोडियस बनेको छ। नेपाल आइडल सिजन ३ कि टप ९ मा समेत पर्नसफल ममताको गायिकी गीतमा उत्कृष्ट छ।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक अनि उत्कृष्ट बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा शिवदास गुरुङ र कुशुम गुरुङ फिचर्ड छन् । त्यस्तै, प्रदिप दयाल, सोनम शेर्पा, जेसिस श्रेष्ठ लगायतका कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् ।
भिडियोलाई शिवदास गुरुङले कोरियोग्राफी एवम् निर्देशन गरेका छन् । गाउँले अनि लोक शैली देख्न सकिने भिडियोलाई आकर्षक फ्रेममा चक्र बि बरालेले खिचेका हुन् । भने, भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..
https://youtu.be/hwxniFk6KgQ