नवलपरासीमा धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या



नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो ।
केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
रासस