प्युठानमा बाँदरलाई हानेको गोलीले एक पुरुषको ज्यान गयो



प्युठान ।
प्युठान डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ । विजया दशमीको दिन बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफूले हानेको गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा गएका थिए ।