यति धेरै रोगको औषधि हुन्छ गाईको घिउ, यस्ता छन् फाइदाहरु



काठमाडौं - धेरैको भान्सामा सजिलै घीउ पाइन्छ । स्वादमा मिठो हुने घीउ धेरैलाई मन पनि पर्छ । घीउको सेबनले हाम्रो स्वास्थ्यलाई पनि धेरै नै फाइदा गर्छ । घीउ भैसी, गाई, चौरी को बनाउने गरिन्छ । जसमध्ये गाईको घीउ निकै राम्रो मानिन्छ । गाईको घीउ धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा लिइन्छ । त्यस्तै गाईको घीउ औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।
गाईको घिउले धेरै रोगहरुबाट छुटकारा दिलाउछ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहने मात्र होइन शरीरमा तागत पनि आउछ । गाईको घिउमा कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसले क्यान्सरजस्ता धेरुे रोगहरुसँग लड्ने क्षमता राख्छ ।
गाईको घीउले बिभिन्न क्यान्सरबाट बचाउछ । तपाई टाउको दुख्ने रोगबाट पीडित हुनुहुन्छ । भने पनि यसको नियमित सेवन गरेमा ठिक हुन्छ । घीउले रक्तचाप पनि कम गर्छ । यसले पाचन प्रकियालाई राम्रो बनाउछ ।
गाईको घीउ नियमित खाएमा दिमाग तेजीलो हुन्छ । कपाल झर्ने समस्या छ भने दिनदिनै घिउ एक चम्चा खाएका ठिक हुन्छ । गाईको घीउले कब्जियतको समस्या पनि हट्छ । हातगोडा पोल्ने समस्या छ भने बिहानबेलुका पाइतलामा यसले मालिस गरेमा ठिक हुन्छ । बाडुली लागेमा पनि घीउ खाएमा बन्द हुन्छ ।