फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना संक्रमण



एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ ।
५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ ।
‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।