
बलिउडकै धनि नायिका हुन् प्रियंका चोपडा, छ अरबौँको सम्पत्ति



काठमाडौं। बलिउडदेखी हलिउडसम्म चर्चामा आइरहने अभिनेत्री हुन् प्रियंका चोपडा । २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
पछिल्लो समय अभिनेत्री प्रियंका परिवारसँग समय बिताइरहेकी छिन् । अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनी अहिले अमेरिकामा नै छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने प्रियंकाले कहिलेकाही आफ्नो नयाँ चिजहरुबारे सामाजिक सञ्जालमा जानकारी गराइरहने गर्छिन् ।
उनी अरबौँ सम्पत्तिकी मालिक्नी पनि हुन् । भारतिय मिडियाका अनुसार उनको वार्षिक आम्दानी ११ मिलियन डलर रहेको बताइएको छ ।
उनको सम्पत्ति २९ मिलियन डलर रहेको बताइएको छ । उनको ५ वटा लक्जरीयस कार र भारतमा करोडौं मूल्यका घरहरु रहेको बताइएको छ ।
