मुखमा घाउ आएर तनावमा हुनुहुन्छ ? यी घरेलु उपायहरु अपनाउनुस्



काठमाडौं - धेरैजसो मानिसको मुखमा बिबिरा, मसिना सेता फोका देखिने घाउ आउने गर्छ । मुखभित्र आउने यस्तो घाउ निकै समस्या गर्छ ।
मुखभित्र जिब्रो, गिजा, ओठको छउमा घाउ आएमा राम्रोसँग खानेकुरा खान पनि सकिदैन । खानेकुरा खान मात्र होइन यस्तो घाउ आएमा बोल्न पनि गाह्रो हुन्छ । ने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले पनि यस्तो घाउ आउँछ ।
यस्तै यस्तो घाउ तनाव र रोग प्रतिरोधी क्षमता कमजोर भएमा पनि आउने गर्छ । यदि तपाईलाई यस्तो समस्या भएमा केही घरेलु उपायहरु पनि अपनाउन सकिन्छ । तपाईको मुखमा घाउ आएमा चिल्लो र पिरो खानेकुरा कम गर्नुपर्छ । नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ । दैनिक मनतातो नुनपानीले बारम्बार कुल्ला गर्नुपर्छ ।
त्यस्तै घाउ भएको ठाउँमा मह लपक्कसँग लगाएमा पनि दुखाई कम भई आराम हुन्छ । त्यस्तै झोलीय पदार्थ बढी पिउने, हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खाने गर्नुपर्छ ।