ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो ।
केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। उनीहरूबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन ।