चितवन - पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखिया रहेका छन् ।
उनलाई आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुले उद्दार गरेका थिए ।
घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गैंडाले लियो मुखियाको ज्यान


