काठमाडौं - बलिउडका चर्चित अभिनेता फराज खानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका फराजको बैंगलुरुको एक अस्पतालमा उपचार भइरहेको थियो ।
४६ बर्षिय फराज खानको निधन भएको बारे पूजा भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो केहि दिनदेखी उनलाई न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा राखिएको थियो।
आर्थिक अवस्था कमजो भएका फराजलाई उपचारको लागी सलमान खानले सहयोग गरेका थिए । उनको निधनले बलिउड अहिले शोकमा डुबेको छ ।
अभिनेता फराज खानले फिल्म मेहन्दीमा अभिनेत्री रानी मुखर्जीसँग काम गरेका थिए । उनले फरेब,पृथ्बी,मेहन्दी, दुल्हन बनु मै तेरी, दलिले फिर याद किया, चाँद बुझ गया लगायतका फिल्ममा अभिनय गरेका थिए ।
बलिउड अभिनेता फराज खानको निधन


