‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’- प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गरे । के अहिले मैले राजीनामा दिन हुन्छ ? भन्दै उनले कार्यक्रममा प्रश्न समेत गरे । ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन’, उनले भने ।
यस्तै प्रम ओलीले आफू रहरले प्रधानमन्त्री नभएको पनि बताए । कार्यक्रममा उनले भनेका छन्, ‘म रहरले, म जालझेल गरेर प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ । त्यसैले अहिले नै राजीनामा दिन्नँ ।’