लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख



काठमाडौं - बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् । ्
‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ ।
पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म पठानमा शाहरुख र सलामान एक साथ देखिने भएका हुन् ।
सलमान शाहरुखका अलावा जोन इब्राहिम र दीपिका पादुकोण पनि देखिने बताइएको छ । यी दुईले फेरि एकसाथ अभिनय गर्ने भएपछि दर्शकहरु निकै उत्साहित भएका छन् ।