चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं - चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङस्थित मध्यनेपाल नगरपालिका-२ का ४७ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कार्तिक २० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई कार्तिक २१ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।