भट्टराई दम्पत्तिको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ



काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यसअघि कात्तिक ७ गते गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिनपछि दोस्रोपटक कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको जनाइएको छ ।
डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोनाको लडाइँ केही लामै हुने बताएका छन् । उनले लेखेका - 'बुढाबुढी सँगसँगै कोराना विरुद्ध मोर्चा कस्दै ! लडाइँ केही लामै होला जस्तो पो छ त !'