काठमाडौं - चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा व्यस्त छन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनि अहिले क्रिकेट रंगशाला बनाउन दिनरात नभनि खटिरहेका छन् ।
यसैबीच हालै एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा धुर्मुस चकित परे । भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका छन् । मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ । आफ्नो दुरुस्तै मुर्तीको तस्बिर आइतबार धुर्मुसले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
तस्बिरसँगै उनले लेखेका छन् - 'भरतपुर ४ निवासी ८१ वर्षिय खेमलाल तिवारी बुबाले रंगशालालाई सहयोग गर्छु भन्नू भएको छ । खुट्टा फ्याक्चर भएको छ घरमा आइदिए आभारी हुनेथिए भनेर समाचार पठाएपछि बुबाको घरमा पुग्दा उहाको छोराले यहाँ नजिकै एउटा भाइले हजुरको मुर्ती बनाउनु भएको छ ।
त्यो मुर्ती मैले घरमा किनेर ल्याउछु भनेको छु हेर्न जाउ भनेपछि उत्साह ले चित्रकार चित्र बहादुर श्रेष्ठको घरमा पुगेका थियौ । उहाले कुद्नु भएको धुर्मुस चरीत्रको प्रतिमा देख्दा म आफै पनि चकित परे उच्च सम्मान छ भरतपुर ४ (धारापानी) बसोबास गर्नुहुने चित्र कुमार श्रेष्ठ ज्यु को यो कलालाई ।'

