मोरङमा कोरोना संक्रमणबाट दाजुभाईको ज्यान गयो



काठमाडौं - मोरङमा कोरोनाभाइरसको संक्रमणबाट दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका –३ का ५९ वर्षीय दाजु र उनको ५७ वर्षीय भाइ रहेका छन् ।
उनीहरुको कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा मृत्यु भएको हो । कोरोना संक्रमित भएका दाजुको आइतबार र भाईको कात्तिक १८ गते मृत्यु भएको जनाइएको छ ।
कात्तिक ७ गते कोरोनाभाइरसको संक्रमण देखिएका दाजुको विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको उक्त अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
त्यस्तै भाईलाई कात्तिक ५ गते कोरोना संक्रमण देखिएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।