फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाले बढेको हो ।
बुधबार प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज पनि चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।