काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
उनको व्यक्तिगत ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र मुख्यमन्त्री सञ्चार सचिवालयको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ फेसबुक पेज शुक्रबार एकैपटक ह्याक भएको हो ।

ह्याक गरिएका दुवै पेजको कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको देखिन्छ । व्यक्तिगत पेजमा प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको भनेसचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको देखिन्छ ।

शुक्रबार बिहान फेसबुक पेज ह्याक भएको विषयमा अनुसन्धान भइरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।