‘मिस नेपाल वर्ल्ड’–२०२० को उपाधि नम्रता श्रेष्ठलाई


  • ‘मिस नेपाल वर्ल्ड’–२०२० को उपाधि नम्रता श्रेष्ठलाई
  • काठमाडौं । नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड–२०२० बनेकी छिन् । होटल पार्र्क भिलेजमा भएको अन्तिम प्रतिस्पर्धाबाट सहभागी २१ जनाबाट उनी मिस नेपाल २०२० मा छनौट भएकी हुन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुङ्गा हो, जो पोखरीमा पर्दा सुन्दर तरङ्ग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरङ्ग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । श्रेष्ठले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरीतिका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत् सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् । श्रेष्ठ पेशाले किनरगार्डेन टिचर हुन् । त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *