अभिताभ बच्चनले लिए एउटै फिल्मको २१ करोड पारिश्रमिक



काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन ७८ बर्षमा लाग्दा पनि फिल्ममा अभिनय गर्न छाडेका छैनन् ।
उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको छ । भारतिय मिडियाका अनुसार हालै अमिताभले एक फिल्ममा अहलेसम्मकै धेरै पारश्रमिक लिएका छन् ।
उनले साउथ स्टार प्रभास र अभिनेत्री दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा महँगो पारश्रमिक लिएका हुन् । उनले उक्त फिल्मको लागि २१ करोड लिएको बताइएको छ । यस सम्बन्धमा निर्माता वा बिग बी द्वारा आधिकारिक पुष्टि भने भएको छैन ।
फिल्ममा प्रभास र दीपिकाको मूख्य भूमिका रहनेछ । अमिताभ भने एक्सन दृश्यमा देखिने बताइएको छ । फिल्मको सुटिङ भने अर्को वर्षबाट सुरू हुने बताइएको छ । अब भनेअभिताभ फिल्म ‘ब्रहमास्त्र’ देखिदैछन् ।