मिस नेपाल २०२० को उपाधि जितेकी नम्रता श्रेष्ठले पाइन् यस्ता आकर्षक पुरस्कार



काठमाडौं - यस वर्षको मिस नेपालको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । हिडेन ट्रेजरले शनिबार आयोजना गरेको प्रतियोगितामा काठमाडौँकी २२ वर्षीया श्रेष्ठले २१ जनालाई पछि पार्दै मिस नेपाल–२०२० को उपाधि जितेकी हुन् ।
मिस नेपाल २०२० को उपाधि जितेकी नम्रताले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् ।
आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ रु’ भनेर सोधेको प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।
उनी अब चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । त्यस्तै मिस नेपाल अर्थ–२०२० काठमाडौँकी सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजिया भएकी छिन् ।
कोरोनाभाइरसका कारण ढिलो शुरु भएको मिस नेपाल–२०२० शनिवार सम्पन्न भएको हो ।