सुनको मूल्य फेरि घट्यो
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![सुनको मूल्य फेरि घट्यो](https://www.sauryapatra.com/wp-content/uploads/2020/12/Screenshot_2020-12-07-12-50-23-77.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं - सोमबार सुनको मूल्य घटेको छ। आइतबार तोलामा दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार १५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।